एक लाख पाँच हजार २४८ जना मतदाता रहेको बारा–२ मा ८२ मतदानस्थल र १३८ मतदान केन्द्र तोकिएको छ।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा–२ मा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
बिहान ८ बजेसम्म पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताए। उनका अनुसार सबै मतदान केन्द्रमा मतदान भइरहेको छ।
गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने गरी मतदान गर्ने व्यवस्था मिलाइएको छ। स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न दुई हजार ६०५ जना सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
बदनियतपूर्वक कसैले मतपेटिकालाई चलाउन, धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइएको उनको भनाइ छ। बारा–२ मा ८२ मतदानस्थलमा १३८ मतदान केन्द्र तोकिएको छ।
एक लाख पाँच हजार २४८ जना मतदाता रहेका छन्। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
