राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको विषयमा माफी माग्नेलगायत चार वटा बुँदामा सहमति भएपछि बिहान ११ः३० बाट रोकिएको मतदान दिनको ३ बजेदेखि सञ्चालनमा आएको छ।
चितवन– चितवन क्षेत्र नं २ मा उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा रोकिएको मतदान पुनः शुरू भएको छ। सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको विषयमा माफी माग्नेलगायत चार वटा बुँदामा सहमति भएपछि बिहान ११ः३० बाट रोकिएको मतदान दिनको ३ बजेदेखि सञ्चालन भएको हो।
मतदान अधिकृत कमला न्यौपानेका अनुसार आचारसंहिता मिचेको विषयमा माफी माग्ने, मतदान केन्द्रको तीन सय मिटर वरिपरि शान्तिसुरक्षा कायम गर्ने, आचारसंहिता उल्लङ्घनको विषयमा मुख्य निर्वाचन अधिकृतलाई मतदान अधिकृतले लेखी पठाउने निर्णय भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएपछि मतदान रोकिएको थियो। मतदान रोकिएसँगै सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मतदान केन्द्रलाई सुरक्षित गरिएको थियो। यस स्थलमा सात वटा केन्द्रबाट मतदान भइरहेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दलका प्रतिनिधिसँगको छलफलपछि मतदान शुरू गरिएको जानकारी दिए। नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका थिए।
यसैबीच आइतबार जारी उपनिर्वाचनका क्रममा अहिले ३ः१५ बजेसम्म ५३ प्रतिशत मत खसेको आचार्यले बताए।
यस क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान जारी रहेको छ। बिहान ७ बजेदेखि शुरू भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ। यहाँ एक लाख २४ हजार ६९५ जना मतदाता रहेका छन्।
जसमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रोलिंगी छन्। यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा छन्।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो। जिल्लामा तीन निर्वाचन क्षेत्र छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
