पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरू भई असार शुक्ल चौथीमा समाप्त हुन्छ।
काठमाडौँ– वर्षा र सहकालका देवता मानिने रातो मत्येन्द्रनाथ (रातो मच्छिन्द्रनाथ) को रथ तानिएको छ।
गुरुज्युको पल्टनले विगुल बजाएर हर्षबढाइँ गरी रथ तान्न शुरू गरिएको हो। सोमबार ललितपुरको पुल्चोकबाट मंगलबजारको गाःबहालसम्म रथ तानिएको छ। पुल्चोकमा रथारोहण गराएपछि शुरू भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाइ मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ।
रातो मत्स्येन्द्रनाथको जात्रा तीन दिन अघिबाटै शुरू भए पनि सोमबारबाट रथ तानिएको हो। रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ। जात्रा ललितपुरका नेवार समुदायले एक महिना भर मनाउँछन्।
जात्राको सांस्कृतिक एवं धार्मिक महत्त्व रहिआएको संस्कृतिविद् बताउँछन्। पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको यस जात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरू भई असार शुक्ल चौथीमा समाप्त हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
