एसीसी प्रिमियर कप : नेपाल ब्याटिङमा, करणले पाए मौका

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले ओमानविरुद्धको खेलमा एक परिवर्तन गरेका छन्। मलेसियाविरुद्ध खेलेका तीव्र गतिका बलर गुलशन झाको स्थानमा उनले करण केसीलाई मौका दिएका छन्।

काठमाडौँ– एसीसी प्रिमियर लिगअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकशूदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले ओमानविरुद्धको खेलमा एक परिवर्तन गरेका छन्। मलेसियाविरुद्ध खेलेका तीव्र गतिका बलर गुलशन झाको स्थानमा उनले करण केसीलाई मौका दिएका छन्।

अन्यलाई भने यथावत् राखेका छन्।

समूह ‘ए’मा आयोजक नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब रहेका छन्। यो समूहमा नेपाल, मलेसिया र ओमानको समान २/२ अंक छ। तर, नेटरननेटका आधारमा नेपाल शीर्ष स्थानमा छ। २ खेल खेलेको मलेसिया दोस्रो र १ खेल खेलेको ओमान तेस्रो स्थानमा छ। यस समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

नेपालको प्लेइङ ११:
रोहित पौडेल ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी