गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटी र बार्यन म्युनिखले १–१ तथा इन्टर मिलान र बेन्फिकाले ३–३ गोलको बराबरी खेलेका थिए।
काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन्।
गएराति छुट्टाछुट्टै खेलमा दुवै टिमले बराबरी खेलेपनि अन्तिम चारमा स्थान बनाएका हुन्। जर्मन क्लब बायर्न म्युनिखसँग दोस्रो लेगमा १–१ गोलको बराबरीमा रोकिएको सिटी समग्रमा ४–१ को नतिजासहित अन्तिम चारमा पुगेको हो।
बार्यनको घरेलु मैदान एलिएन्ज एरिनामा भएको खेलमा सिटीका लागि एर्लिङ ब्राउट हालान्ड र बायर्नका योसुवा किम्मिखले गोल गरे। सिटीले पहिलो लेग बार्यनलाई ३–० ले पराजित गरेको थियो। अब सिटीले फाइनल प्रवेशका लागि स्पेनिस क्लब रियल मड्रिडसँग खेल्नेछ।
यस्तै अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिकासँग बराबरीमा रोकिएपनि इन्टर समग्रमा ५–३ को नतिजासहित सेमिफाइनल प्रवेश गरेको छ। इन्टर पहिलो लेगमा २–० ले विजयी भएको थियो।

मिलानस्थित सानसियारो स्टेडियममा घरेलु टोलीका निकोला बरेल्ला, लोउटारो मार्टिनेज र जोआक्विन कोरेआले गोल गरे। बेन्फिकाका फ्रेडरिक अर्सनेस, एन्टोनियो सिल्भा र पिटर मुसाले गोल गरेका थिए।
अब इन्टरले फाइनल प्रवेशका लागि सिरी ‘ए’ प्रतिद्वन्द्वी एसी मिलानसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
