राप्रपा अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितको माग सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि नै निर्मम भएको भन्दै निन्दा गरेका छन्।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरवाचरवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै लिङ्देनले मिटरब्याज पीडितको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि हिजो (सोमबार) निर्मम ढंगले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भत्सर्नासमेत गरे।
सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि आक्रमण गर्नु आपत्तिजनक लिङ्देनको भनाइ छ। “जसले समाजमा गरिब र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्नेछौँ भनेर सपना बाँडेको थियो।
त्यो सपना बाँड्ने पार्टीको नेतृत्वमा अहिले सरकार छ,” उनले भने, “तर गरिब र निमुखामाथि राज्यले किन बर्बर आक्रमण गरिरहेको छ? सरकारले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरवाचरवाको मागलाई समयमै सम्बोधन गरोस्।”
समयमै माग सम्बोधन नगरे एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरूको साथमा सडक संघर्षमा जानेसमेत लिङ्देनले घोषणा गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
