द्वन्द्वपीडित परिवारका सदस्य शोभा बीसीले टीआरसी विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्दै आन्दोलन गरेको बताइन्।
काठमाडौँ– द्वन्द्वपीडित संघर्ष समितिले संसद्मा पेस भएको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ।
संघर्ष समितिले मंगलबार काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो। समितिले आफूहरूले शान्तिपूर्ण रूपमा २७ दिनसम्म आन्दोलन गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै बाध्य भएर विरोध प्रदर्शन गर्नुपरेको बताएको छ।

आन्दोलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै द्वन्द्वपीडित परिवारका सदस्य शोभा बिसीले टीआरसीसँग सम्बन्धित विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्दै आन्दोलन गरेको बताइन्। शान्तिपूर्ण रूपमा आन्दोलन गर्दासमेत राज्यले बल प्रयोग गरेको उनको भनाइ छ।

उनले आन्दोलनमा उत्रिएका द्वन्द्वपीडितमध्ये आठ जनालाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको बताइन्। उनले द्वन्द्वकालमा आफ्ना श्रीमान् किन मारेको? भन्दै सरकारसँग प्रश्नसमेत गरिन्। “विधेयकमा पीडकलाई उन्मुक्ति दिने कुरा छ। त्यस्तो खालको विधेयक ल्याइन्छ भने त्यसको घोर विरोध गर्दछौँ,” उनले भनिन्, “हाम्रा श्रीमान् किन मारियो, हामीले जान्न पाउनुपर्छ।” उनले विधेयक संशोधन गर्न समिति बनाएर छलफल गरोस् भन्ने पीडितहरूको माग रहेको बताइन्।

प्रदर्शनमा उत्रिएकाहरूले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर्, सरकार मेरो पति खोइ? लुटिएको सम्पत्ति फिर्ता गर्, पीडितलाई परिपूरणको ग्यारेन्टी गर्, द्वन्द्वका पीडितलाई कतिन्जेल ढाँट्छौ? घाइते, अपांग र अशक्त पारिएकाहरूको उपचारको ग्यारेन्टी गर् लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए।
केही समययता द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्था लगायत द्वन्द्वपीडित परिवारका सदस्यहरूले टीआरसीसँग सम्बन्धित विधेयकको विरोध गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
