राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले जनताले नयाँ पार्टीबाट केही आशा राखेको भए पनि उनीहरूले नै पुराना पार्टीले गरेका गल्ती दोहोर्याउने काम गरिरहेको दाबी गरेका छन्।
काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचय पत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको कामप्रति आपत्ति जनाएका छन्।
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पालामा हतार हतार ठेक्का निजी कम्पनीलाई दिने निर्णय गरिएको उल्लेख गर्दै उनले त्यो काम स्वीकार्य हुनै नसक्ने बताए।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष केसीले भने, "राष्ट्रिय परिचय पत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले नै स्वतन्त्र स्वतन्त्र निकाय बनाउने पहल भइरहेका बेला हतार हतार निजी कम्पनीलाई ठेक्का दिइनु आपत्तिजनक छ।"
सात दिनको बोलपत्र आह्वान गरेर ठेक्का दिइएको उल्लेख गर्दै उनले त्यस्तो कार्य कानूनी रूपमा अक्षम्य रहेको बताए। उनले लामिछानेप्रति संकेत गर्दै 'खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ' गरेको भन्दै त्यस्ता प्रवृत्तिलाई त्यसै छाडन नहुने पनि बताए। उनले नेपाली जनताले नयाँ पार्टीबाट केही आशा गरेको भए पनि उनीहरूले नै पुराना पार्टीले गरेका गल्ती दोहोर्याउने काम गरिरहेको दाबी गरे।
"पुराना पार्टीहरूले नै गल्ती गरेका थिए। उनीहरूले आफ्ना स्वार्थका लागि नियम, कानूनहरू बनाउँथे। नयाँ आएका पार्टीहरूले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मक्ख परेर हेरिरहेका थिए। खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्यो। त्यस कारणले यस्ता प्रवृत्तिलाई चाहिँ त्यसै छोड्न हुन्न," उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
