विशेष अदालतबाट नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
काठमाडौँ– नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पक्राउ गर्न विशेष अदालतले पुर्जी जारी गरेको छ। विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारूको इजलासले सोमबार खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुस २३ गते तत्कालीन निर्देशक खड्कासहित शर्मिला खड्का, अमिता लामा सोदेम्बा र सीजी डेभलपर्स प्रालिविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। खड्काले १८ करोड ६६ लाख पाँच हजार रुपैयाँ बराबर अकुत सम्पत्ति जोडेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो।
त्यसमध्ये उनले अन्य व्यक्तिको नाममा लुकाइ राखेको ७ करोडभन्दा बढी सम्पत्ति जफत गर्नुपर्ने पनि अख्तियारले विशेषमा माग गरेको छ। खड्काको २७ करोड ३० लाख ७५ हजार सम्पत्तिमध्ये केबल ८ करोड ६४ लाख ६९ हजार मात्रै वैध रहेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको थियो।
त्यस्तै, निगमको कार्यकारी निर्देशक भएपछि ६ वर्षमा पुर्ख्यौलीबाहेक तीन वटा घर बनाएको र काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलान्चोक जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरिएको समेत आरोपपत्रमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
