'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दीलाई ३–० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिँदा मछिन्द्र एनआरटीसँग १–१ गोलको बराबरीमा रोकिएको छ।
काठमाडौँ– बलियो प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै जावलाखेल युथ क्लब राजधानीमा जारी शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा साबिक विजेता मछिन्द्र न्युरोड टिम (एनआरटी) सँग बराबरीमा रोकिएको छ।
ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा जावलाखेल युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ३–० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिँदा मछिन्द्र एनआरटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
मछिन्द्रले पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्न नसक्दा बराबरी खेल्दै एनआरटीसँग अंक बाँडेको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा खेलमा मछिन्द्रले शुरूआती अग्रता निकाल्दा ३९ औँ मिनेटमा ओमालाजा नुरेन करिमले गोल गरेका थिए।
सम्मानजनक प्रदर्शन गरेको एनआरटीविरुद्ध मछिन्द्रका प्रसान्त अवस्थीको कर्नरमा करिमले गोल गर्न सफल भएका थिए। एनआरटीका डिफेन्डरले क्लियर गरेको बलमा करिमले बक्स बाहिरबाट आकर्षक गोल गरेका थिए।
तर, खेलको ६७ औँ मिनेटमा स्टेफन जुनियरले गोल गर्दै एनआरटीलाई १–१ बराबरीमा फर्काउँदा बाँकी समयमा दुवै टोली गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन्।
स्टेफनले निकोलस सङले उपलब्ध गराएको पासलाई जाली चुमाउन सफल भएका थिए। यस बराबरीसँगै मछिन्द्रले ९ खेलबाट १३ अंक जोडेको छ। मछिन्द्र छैटौँ स्थानमा रहेको छ ।
लिगअन्तर्गत शनिबार नै भएको अर्को खेलमा जावलाखेल युथविरुद्ध मनाङ मर्स्याङ्दी निरीह बन्यो । एकतर्फी खेल देखाएको जावलाखेललाई जित दिलाउन एनकोटो मासोबीले दुई गोल गर्दा फोडे फोफानाले एक गोल थपे।
अनपेक्षित रूपमा नतिजा निकालेको जावलाखेलले लिगको सर्वाधिक ८ पटकको च्याम्पियन मनाङविरुद्ध खेलको चौथो मिनेटमा मासोबीको गोलबाट अग्रता लिएको थियो। त्यसपछि निर्धारित ९० मिनेटको खेलमा मनाङ खेलमा फर्किन असफल भएको थियो। तर खेलको इन्जुरी समयमा जावलाखेलले दुई गोल थप्न सफल भयो।
दोस्रो मिनेटमा फोफानाले टोलीका लागि दोस्रो गोल गर्दा चौथो मिनेटमा मासोबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई ३–० को जित दिलाएका हुन्। यस जितसँगै जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ। मनाङको १५ अंक भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
