नयाँ पर्यटकीय गन्तव्य, ताङतिङ गाउँ

पोखराबाट २७ किलोमिटर दूरीमा अवस्थित तानतिङ गाउँ गुरुङ संस्कार र संस्कृतिको अवलोकनका लागि चर्चित छ।

काठमाडौँ– ग्रामीण जीवनको अनुभव लिन चाहने पर्यटकका लागि कास्कीको ताङतिङ (तोनी नासा) गुरुङ गाउँ उपयुक्त गन्तव्य हो।

पोखराबाट २७ किलोमिटर दूरीमा अवस्थित गाउँ गुरुङ संस्कार र संस्कृतिको अवलोकनका लागि चर्चित छ।

आँखा अगाडि देखिने लमजुङ र अन्नपूर्ण  हिमालले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ। २५० वटा परम्परागत शैलीका घर रहेको ताङतिङमा पर्यटकका लागि १४ घरमा सामुदायिक होमस्टे पनि संचालन गरिएको छ।

स्थानीय रूपमा उत्पादित अर्ग्यानिक खाना, ढिँडो, लोकल कुखुराको मासु, वनबाट टिपिएको निहुरो जस्ता स्वादिष्ट नेपाली खाना खान पाउनु साँच्चै ताङतिङ गाँउमा दुर्लभ अनुभव हुनेछ।

पोखराबाट सार्वजनिक बस, जिप तथा व्यक्तिगत सवारी साधनबाट सजिलै पुग्न सकिने ताङतिङ गाँउ शहरको भिडभाड र व्यस्त जीवनबाट केही समय विश्राम र रिफ्रेसमेन्टका लागि धेरैको रोजाइमा पर्ने गरेको छ।