महासंघको वरिष्ठ उपाध्यक्षका लागि एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ तथा पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन्।
काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ।
काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी मतदान अपराह्न ४ बजेसम्म हुनेछ। मतदानबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन्।
चार जना सदस्य सर्वसम्मत भइसकेका छन्। महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बिहीबारदेखि अध्यक्ष बन्नेछन्। वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत : अध्यक्ष हुने प्रावधान छ।

वरिष्ठ उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन्।
यस्तै जिल्लारनगरतर्फको उपाध्यक्षमा तीन, वस्तुगततर्फको उपाध्यक्षमा तीन र एसोसिएटतर्फको उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी छ।
वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुन उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनै पर्ने हुन्छ। निर्वाचनको मत गणना आजै साँझ ७ बजे शुरू हुनेछ।
यो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशतले मत नल्याएमा बिहीबार दोस्रो चरणको मतदान हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
