च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई ३–० ले पराजित गरेको छ।
काठमाडौँ– च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई पराजित गरेको छ।
मंगलबार राति घरेलु मैदान इतिहाद स्टेडियममा सिटी ३–० ले विजयी भएको हो। सिटीको जितमा रोड्री, बर्नाडो सिल्भा र एर्लिङ हालान्डले गोल गरे।
खेलको २७औँ मिनेटमा रोड्रीको गोलबाट सिटीले अग्रता लिएको थियो। ७०औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए।
७६औँ मिनेटमा हालान्डले गोल गर्दै टोलीलाई सहज जित दिलाए। यो सिजन सिटीका लागि ३९ खेल खेलेका हालान्डले ४५ गोल गरिसकेका छन्।
जितसँगै सिटीले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
बायर्नलाई भने सेमिफाइनल पुग्न दोस्रो लेगमा कम्तीमा ४–० को जित आवश्यक छ। दोस्रो लेग बायर्नको मैदानमा अप्रिल २० मा हुनेछ।
यस्तै अर्को खेलमा इन्टर मिलानले बेन्फिकालाई पराजित गरेको छ। इन्टरले घरेलु टोली बेन्फिकामाथि २–० को सहज जित दर्ता गरेको हो। इन्टरको जितमा निकोलो बरेल्ला र रोमेलु लुकाकुले गोल गरे।
लिस्वनमा खेलको ५१औँ मिनेटमा बरेल्लाले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए। ८२औँ मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरको जित पक्का गरेका थिए।
दोस्रो लेगमा इन्टरको मैदानमा अप्रिल १९ मा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
