महाभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित भएदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ।
काठमाडौँ– एक हप्ताभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलनमा जाने नेपाल बार एसोसिएसनले चेतावनी दिएको छ।
बुधबार पत्रकार सम्मेलन गर्दै बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न माग गरेका हुन्। “हामी आन्दोलनको चरणमा पुगेका छौँ। अब सात–आठ हेर्छौ,” उनले भने, “पूर्वप्रधानमन्त्री, प्रधानमन्त्री र पूर्व सभामुखलाई समेत भेटेर कुरा राखेका छौँ। तर, काम भएन। अब सातदेखि १० दिनमा भएन भने हामी अभियान नै सञ्चालन गरेर आन्दोलनमा जान्छौँ।”
प्रधानन्यायाधीश छिटो नियुक्तिबारे ध्यानाकर्षण गराउन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने योजना रहेको उनले बताए।
महाभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित भएदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ। “नेपालको प्रधानन्यायाधीश भएन भने कार्यपालिकाबाट हेयको दृष्टिले हेरिन्छ,” उनले भने, “निर्वाचन भएको यति समयसम्म पनि महाभियोगबारे कोही बोल्न नपर्ने? प्रधानन्यायाधीश नचाहिने? संसदीय सुनुवाइ समिति गठन गर्न नपर्ने? अब लामो समय यसरी न्यायपालिका नेतृत्वविहीन राख्नहुन्न।”
पत्रकार सम्मेलनमा बार अध्यक्ष घिमिरेले सरोकारवालाको बेवास्ताका कारण सर्वोच्च अदालतमा ५, उच्च अदालतमा ५० र जिल्ला अदालतमा २८ न्यायाधीश जना न्यायाधीश नियुक्ति रोकिएको भन्दै आक्रोश व्यक्त गरे। साथै हप्तादिनभित्र अटोमेटेड प्रणाली लागू नगरे सर्वोच्च विरुद्धसमेत आन्दोलन गर्ने उनको चेतावनी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
