संक्रमणकालीन न्यायसम्बन्धी विधेयक हाल प्रतिनिधिसभामा विचाराधीन अवस्थामा छ। सत्तारूढ दलको संयुक्त न्यूनतम साझा कार्यक्रममा संक्रमणकालीन न्यायको काम दुई वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाइएको छ।
काठमाडौँ– सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकमा सहमति जुटाउन तीन दलका शीर्ष नेताबीच छलफल भइरहेको छ।
सभामुख देवराज घिमिरेको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।
यस्तै एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी छन्।
महान्यायाधिवक्ता पोखरेल र पूर्वकानूनमन्त्री समेत रहेका बडाल विज्ञका रूपमा उपस्थित भएका हुन्। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक हाल प्रतिनिधिसभामा विचाराधीन अवस्थामा छ।
सत्तारूढ दलको संयुक्त न्यूनतम साझा कार्यक्रममा संक्रमणकालीन न्यायको काम दुई वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाइएको छ।
यसका लागि संसद्मा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक छिटोभन्दा छिटो पारित गर्ने सत्ता पक्षको योजना छ।
प्रतिपक्षी नेकपा एमालेले भने समितिमा लगेर छलफल गर्नुपर्ने नभए विशेष समिति बनाएर पारित गर्नुपर्ने अडान लिएको छ। यसअघि गत शनिबार पनि सभामुखको कार्यालयमा तीन नेताबीच छलफल भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
