भोग म्यागेजिनको कभरफोटोमा १०६ वर्षकी मोडल

भोग फिलिपिन्सको अप्रिल अंकमा वाङ अड नाम गरेकी आदिवासी कालिंगा समुदायकी १०६ वर्षीया महिलालाई नयाँ मोडलका रूपमा प्रस्तुत गरिएको छ।

अधिकांश म्यागेजिनका ग्लसी पेपरमा युवा युवतीका फोटोहरू त हामीले हेरिरहेकै हुन्छौँ। तर, भोग म्यागेजिनको कभर फोटोमा १०६ वर्षकी मोडललाई प्रस्तुत गरिएको छ।

भोग फिलिपिन्सको अप्रिल अंकमा वाङ अड नाम गरेकी आदिवासी कालिंगा समुदायकी १०६ वर्षीया महिलालाई नयाँ मोडलका रूपमा प्रस्तुत गरिएको छ। उनले “फिलिपिनो आत्माको शक्ति र सुन्दरतालाई प्रतिबिम्बित गरेको” भोग फिलिपिन्सले लेखेको छ। फिलिपिन्सको पहाडी गाउँ बुस्कालनकी बासिन्दा उनी मारिया ओग्गे नामले समेत परिचित छिन्।

उनी सबैभन्दा बढी उमेरकी ट्याटु कलाकार र पारखी दुवै हुन्। बुस्कालन गाउँ फिलिपिन्सको सबैभन्दा पुरानो परम्परागत ट्याटु संस्कृति रहेको स्थानका रूपमा परिचित छ। यहाँ कोइलाको धुलो र तिखो काठको प्रयोगले परम्परागत शैलीमा ट्याटु खोप्ने प्रचलन छ।

मारिया सय वर्षको उमेरसम्म शरीरमा एक हजार वटा ट्याटु खोप्ने बिरलै व्यक्तिका रूपमा चर्चित छिन्। ट्याटु खोप्ने परम्परागत विधि र कला १६ वर्षकी हुँदा आफ्नो बुबाबाट सिकेको उनी बताउँछिन्।

परम्परागत शैलीमा ट्याटु खोप्ने मारिया कालिंगा आदिवासी समुदायकी अन्तिम ट्याटु कलाकार समेत हुन्। मारिया ओग्गे म्यागेजिनले कभर गरेकामध्ये सबैभन्दा बढी उमेरकी महिला हुन्।