नेटो महासचिव जेन्स स्टोल्टनबर्गले स्वीडेनलाई पनि जुलाईअघि नै पूर्ण सदस्यका रूपमा स्वागत गर्ने बताएका छन्। ब्रसेल्समा मंगलबार र बुधबार नेटो सदस्य राष्ट्रका विदेश मामिला मन्त्रीहरूको बैठक बस्दैछ।
फिनल्यान्ड मंगलबारदेखि औपचारिक रूपमा उत्तरी एटलान्टिक सन्धि संगठन (नेटो)को ३१औँ सदस्य बन्ने भएको छ।
फिनल्यान्डका राष्ट्रपतिको कार्यालयले सोमबार यस निर्णयबारे जानकारी गराएको थियो। राष्ट्रपति साउली निनिस्टो, विदेशमन्त्री पेक्का हाभिस्टो र रक्षामन्त्री एन्टी काइकोनेन ब्रसेल्सस्थित नेटो मुख्यालयमा हुने सम्मेलनमा सहभागी हुने कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
फिनल्यान्डका तर्फबाट हाभिस्टोले मंगलबार अमेरिकी विदेश मन्त्रालयमा यसबारे आवश्यक उपस्थिति जनाउने छन्। यस अवसरमा नेटोको मुख्यालय बाहिर देशको झण्डा फहराइने बीबीसीले लेखेको छ। ब्रसेल्समा मंगलबार र बुधबार नेटो सदस्य राष्ट्रका विदेश मामिला मन्त्रीहरूको बैठक बस्दैछ।
बैठकअघि बोल्दै नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले भनेका छन् “हामीले नाटोको आधुनिक इतिहासमा सबैभन्दा छिटो सदस्य अनुमोदन प्रक्रिया देखेका छौँ।”
स्वीडेनसँगै, फिनल्यान्डले सन् २०२२ मे १८ तारिखमा आफ्नो आधिकारिक आवेदनपत्र बुझाएको थियो। “म स्वीडेनलाई सकेसम्म चाँडो नेटो परिवारको पूर्ण सदस्यको रूपमा स्वागत गर्न तत्पर छु,” स्टोल्टेनबर्गले भनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
