मानहानि मुद्दामा दोषी ठहर गर्दै सेसन अदालतले मार्च २३ मा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो।
भारतीय कांग्रेसका नेता राहुल गान्धीले मानहानि मुद्दामा दुई वर्ष जेल सजायको फैसलाविरुद्ध पुनरावेदनको निवेदन दिएका छन्। गुजरातको सेसन अदालतमा उनले निवेदन दर्ता गराएका हुन्।
आफूविरुद्धको मानहानि मुद्दा खारेजी गर्न र फैसला उल्टाउन माग गर्दै गान्धीले अदालतमा निवेदन दर्ता गरेका हुन्। अदालतले उनलाई धरौटीमा छोड्ने आदेश दिँदै निवदेनमाथि अप्रिल १३ मा सुनुवाइ गर्ने पेसी तोकेको छ।
अदालतले प्रतिवादी पुर्नेश मोदीलाई अप्रिल १० सम्म कारण पेस गर्न आदेश दिएको छ। आगामी १३ मा हुने सुनुवाइमा गान्धीलाई उपस्थित अनिवार्य गरिएको छैन।
मानहानि मुद्दामा दोषी ठहर गर्दै सेसन अदालतले मार्च २३ मा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो। साथै, अदालतले उनलाई ३० दिनसम्म जमानत छुटसमेत दिएको थियो।
सन् २०१९ मा लोकसभा चुनावका बेला प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय जनता पार्टी (बीजेपी)का नेताहरूलाई लक्षित गर्दै ‘सबै चोरहरूको थर किन मोदी हुन्छ? नीरव मोदी, ललित मोदी, नरेन्द्र मोदी’ भन्दै भाषण गरेका थिए।
उनको अभिव्यक्तिले मानहानि गरेको भन्दै उनीविरुद्ध मुद्दा चलाइएको थियो। मुद्दामा दोषी ठहरिएलगत्तै उनको लोकसभा सांसद पदसमेत खारेज भएको थियो। उनी केरलाको बायनाडबाट सांसद निर्वाचित भएका थिए।
फैसलाविरुद्ध पुनरावेदनका लागि सोमबार राहुल गान्धी बहिनी प्रियंकासँगै सुरत गएका थिए। साथै, राजस्थान, छत्तीसगढ र हिमाञ्चल प्रदेशका मुख्यमन्त्रीसमेत सुरत पुगेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
