मोरङको पथरी शनिश्चरे–२ का रुद्रमणि न्यौपानले चार वर्षअघि कागतीखेती थालेका हुन्। हाल उनले कागतीका दाना र बिरुवा बिक्रीबाट वार्षिक २० लाखभन्दा बढी आम्दानी गरिरहेका छन्।
पथरी– रुद्रमणि न्यौपानेले दशक बढी समय विदेशमा पसिना बनाए। तर, सोचेजस्तो पैसा कमाउन सकेनन्।
चार वर्षअघि मोरङको पथरी शनिश्चरे–२ कालापानीस्थित गाउँ फर्किए। अनि शुरू गरे, कागतीखेती। उनको ‘पथरी कृषि फार्म’मा लटरम्म फलेका कागतीले गाउँकै सुन्दरता झल्काएको छ। दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेर सबैले प्रशंसा गर्छन्।बोटमा पानी लगाउने, गोडमेल गर्ने, दाना टिप्नेलगायतका काममा न्यौपाने बिहानदेखि बेलुकासम्म व्यस्त हुन्छन्।
कागतीले राम्रो प्रतिफल दिन थालेको छ। बगानमा एक हजार २०० वटा कागतीका बोट छन्। फर्ममा तीन जनाले रोजगारी पाएका छन्। बजार भाउअनुसार फल बेच्नुपर्ने हुँदा कागतीको यकिन मूल्य भने छैन।
फर्ममा प्रतिगोटा तीन र बिरुवा प्रतिगोटा ८० रुपैयाँका दरले बिक्री हुँदै आएको न्यौपानेले सुनाए। “चार वर्षअघि ३२ लाख रुपैयाँ लगानी गरेर कागतीखेती शुरूआत गरेँ। अहिले उखु, साग, केराउ, प्याज, लसुनलगायत बाली पनि थपेको छु,” उनले भने, “विदेश गएर गल्ती गरेछु।”
वार्षिक सात लाख दाना र १० हजारभन्दा बढी बिरुवा उत्पादन हुने गरेको छ। बिरुवा बिक्रीबाट मात्रै वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। दानासमेत गरी वार्षिक २० लाखभन्दा बढी कमाइ हुने उनले सुनाए। कागतीका बोट हुर्किँदै जाँदा विभिन्न रोगले सताउने गरेको छ। “म कृषि प्राविधिक पनि हुँ। त्यसैले आफैँ उपचार गर्छु,” उनले भने।
ग्रामीण भेगका कृषि फर्मले राज्यबाट अनुदान पाउन झन्झट बेहोर्नुपरेको उनको अनुभव छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
