कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका हुन्। यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा उनलाई २५ सदस्यले विश्वासको मत दिएका थिए।
उनलाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सदस्यले विश्वासको मत दिएका हुन्। उनको विपक्षमा राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले मात्रै मत दिइनन्।
राप्रपाले समर्थन फिर्ता लिएपछि कर्णालीका मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेशसभाको विश्वासको प्रस्ताव पेस गरेका थिए।
प्रदेशसभाको अर्को बैठक यही चैत १९ गते बस्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
