आईजीपी कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान

कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। 

काठमाडौँ– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

आइतबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

दर्ज्यानी चिन्ह ग्रहणपछि आईजीपी कुँवरले प्रहरी संगठनमा सुधार आवश्यक रहेको बताए।

'प्रहरी संगठनमा सुधार आवश्यक छ। आन्तरिक सुदृढीकरण मेरो भीष्मप्रतिज्ञा हो," उनले भने। कुँवरलाई सरकारले शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।