नेसपा अध्यक्ष बाबुराम भट्टराईले कम्युनिस्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने अवधारणाअनुसार मन्त्रिपरिषद्ले पूर्णता पाएपछि एकताका लागि छलफल हुने बताएका छन्।
सुर्खेत– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिस्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन्।
कर्णाली प्रदेश पार्टीको प्रशिक्षण भेलाका क्रममा सुर्खेत आइपुगेका उनले शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा नेकपा (माओवादी केन्द्र)सँग मात्र नभई त्यसबाहेक अन्य कम्युनिस्ट दलहरूसहितको एउटा समाजवादी धारा निर्माण गर्ने अवधारणा बनाइएको बताए। यसका लागि बृहत् छलफल भइरहेको बताउँदै अध्यक्ष भट्टराईले केन्द्र सरकारले पूर्णता पाएपछि एकताका विषयमा छलफल शुरू हुने जनाए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही तरिकाले अघि बढ्न नसकेकाले सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिए।
उनले भने, “वर्तमान सरकारसँग शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने अभिभारा छ। मुलुकलाई समृद्धिको दिशामा हाँक्नुपर्ने जिम्मेवारी छ।” यो गठबन्धन दिगो हुनेमा भने अध्यक्ष भट्टराईले पूर्णरूपले विश्वस्त नरहेको तर्क गरे।
राजनीति शक्ति केन्द्र भएकाले मुलुकमा कति बेला के हुन्छ भन्ने थाहा नहुने भन्दै उनले वर्तमान सरकार स्थिर भएर अगाडि बढ्न सके मात्र देशले सही गति लिने बताए। पत्रकार भेटघाटकै क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर गरिएको मुद्दा शान्ति प्रक्रियाको मर्मविपरीत भएको टिप्पणी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
