हिडनबर्गले डोर्सीको कम्पनी ब्लक इंकको सेयर मूल्य वास्तविकभन्दा ७५ प्रतिशत बढी रहेको लगायतका विभिन्न आरोपसहित प्रतिवेदन सार्वजनिक गरेको छ।
भारतको अडानी समूहपछि अमेरिकी सर्ट सेलिङ फर्म हिन्डनबर्गले अर्बपति ज्याक डोर्सीको कम्पनीलाई निशाना बनाएको छ।
डोर्सीको कम्पनी ब्लक इंकको सेयर मूल्य वास्तविकभन्दा ७५ प्रतिशत बढी रहेको भन्दै हिन्डनबर्गले विभिन्न आरोपसहित प्रतिवेदन सार्वजनिक गरेको छ। ब्लक इंकले आफ्ना उपभोक्ता र सरकारसँग ठगी गरेको हिन्डनबर्गको दाबी छ।
कम्पनीविरुद्ध २ वर्षसम्म गरेको अनुसन्धाननका आधारमा प्रतिवेदन तयार पारिएको बताइएको छ। कोरोना महामारीको अवधिमा उक्त कम्पनीको सेयरमा भारी बढोत्तरी भएको भनिएको छ।
साथै, डोर्सीसँगै प्रमुख कार्यकारी जेम्स म्याककेल्वेले मिलेर १ अर्ब डलर बराबरका सेयर बेचेको पनि हिन्डनबर्गले बताएको छ।
कम्पनीले जसलाई मद्दत गरिरहेको दाबी गर्छ उनै मानिसहरूबाट लाभ उठाउने प्रणाली बनाएको र आफ्ना प्रयोगकर्ताको संख्यासमेत बढाइचढाई गरेको हिन्डनबर्गको दाबी छ।
सक्रिय प्रयोगकर्ताको फेक अकाउन्ट बनाएको, प्रयोगकर्तालाई भ्रामक तथ्यांक उपलब्ध गराएको र यौन तस्करीजस्ता आपराधिक गतिविधिसँग समेत जोडिएको कम्पनीमाथि आरोप छ।
कोरोनाकालमा सरकारी सम्पत्ति दुरुपयोग गर्ने मानिसलाई कम्पनीले सहयोग गरेको पनि आरोप लगाइएको छ।
ब्लक इंकमा वित्तीय शाखा प्रमुख भारतीय मूलकी अमृता आहूजाले पनि कम्पनीको सेयरबाट लाखौँ डलर हिनामिना गरेकोसमेत हिन्डनबर्गको आरोप छ। आरोपसँगै ब्लक इंकको सेयरमा १५ प्रतिशतको गिरावट देखिएको छ।
तर, कम्पनीले आफूमाथिका सबै आरोपको खन्डन गरेको छ। यद्यपि, हिन्डनबर्गको प्रतिवेदनपछि डोर्सीको सम्पत्तिमा ५२.६ करोड डलर गिरावट समेत देखिएको छ। ब्लक इंकको मूल्य ३० बिलियन डलर भनिएको छ।
सेयरमा गिरावट आएपछि डोर्सीको कूल सम्पत्ति पनि घटेर ४.४ बिलियन डलरमा सीमित भएको ब्लुमबर्गले जनाएको छ। डोर्सी ट्विटरका सह संस्थापकमध्ये एक हुन्।
हिन्डनबर्ग एक सर्ट सेलिङ कम्पनी हो जसले ठूला कम्पनीको सेयर घटाउन भूमिका खेल्ने र त्यसबाट फाइदा उठाउने गरेको छ। तथ्य र अनुसन्धानमा आधारित प्रतिवेदन प्रस्तुत गर्दै हिन्डनबर्गले ठूलाठूला कम्पनीलाई निशानामा बनाउने गरेको छ।
एक महिनाअघि मात्रै हिन्डनबर्गले भारतीय अर्बपति गौतम अडानी समूहका कम्पनीले घुस लिएको, सेयर बजारलाई प्रभावमा पारी चलखेल गरेको, वित्तीय ठगी गरेको र भ्रष्टाचार गरेकोसहित थुप्रै आरोप लगाएको थियो।
यति मात्र होइन, अडानीका कम्पनीको आर्थिक अवस्था खराब रहेको बताएको थियो। हिन्डनबर्गको रिपोर्ट सार्वजनिक भएलगत्तै अडानीको सेयर बजार खस्किएको र सेयर मूल्य १०० बिलियन डलरसम्म घटेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
