कोशी प्रदेश नामकरण भएपछि असन्तुष्ट समूहबाट विरोध, धर्ना र जुलुस हुँदा सुरक्षामा असर पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले केही स्थानलाई निषेधित क्षेत्र घोषित गरेको छ।
मोरङ– कोशी प्रदेश नामकरणपछि असहमत केही समूहले आफ्ना विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्। उक्त समूह हिंसात्मक विरोधमा उत्रिएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको छ। आइतबार विराटनगरमा आयोजित यस्तै विरोधमा सहभागी प्रदर्शनकारीको भीडलाई तितरबितर गर्न प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक टीका कार्कीले आइतबार दिउँसो महेन्द्र चोकमा भेला भएका सो समूहको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा अश्रुग्यास छोड्नु परेको र यसबाट कोही पनि हताहत नभएको बताए। अपराह्नपछि विराटनगरको स्थिति सामान्य भए पनि प्रहरी सतर्कता बढाइएको उनले जानकारी दिए।
कोशी प्रदेश नामकरण भएषछि असन्तुष्ट समूहबाट विरोध, धर्ना र जुलुस हुँदा सुरक्षामा असर पर्न सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय मोरङले केही क्षेत्रमा निषेधित क्षेत्र तोकिएको सूचना जारी गरेको छ।
जारी सूचनाअनुसार प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि तीन सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ।
सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समितिको मोरङको निर्णयअनुसार आइतबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) बमोजिम निषेध गरिएको छ। जिप्रकाले आदेश उल्लंघन गरी उल्लिखित कार्यहरू गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने प्रशासनले सूचनामा उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
