एमाले अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकार आयोगलाई तर्साउने, धम्क्याउने काम भइरहेको बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलबाटै राष्ट्रिय मानवअधिकार आयोगलाई धम्की दिने काम भइरहेको आरोप लगाएका छन्।
मंगलबारबाट काठमाडौँमा शुरू भएको मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले माओवादी केन्द्रलाई लक्षित गर्दै यस्तो आरोप लगाएका हुन्।
“मानवअधिकार आयोगलाई घेराबन्दी गर्छन्। तर्साउँछन्, धम्क्याउँछन्। हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन्। हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन्। हाम्रो बन्दुकको कारतुस अझै पनि ओसिएको छैन भन्छन्,” उनले भने।
उनले मानवअधिकारको रक्षाका लागि लड्न पार्टीनिकट मानवअधिकार अलाईन्सलाई निर्देशनसमेत दिए। "त्यसकारण हाम्रो अलाइन्स आफैँमा मानवअधिकारप्रति समर्पित, इमानदार हुनु पर्दछ। मानव अधिकारप्रति उभिन, बोल्न त्यसका रक्षाका निम्ति लड्न सक्ने हुनु पर्दछ," उनले भने।
अध्यक्ष ओलीले नेपाली कहिल्यै मृत्युदण्डको पक्षमा जान नहुने बताए। बुद्ध जन्मेको देशका बासिन्दा आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान नहुने उनको भनाइ छ। उनले नेपालमा मानवअधिकार उल्लंघनकर्ताले नै बढी मानवअधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्ने पर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
