म्यान्मार सेनाको आक्रमणबाट दक्षिणी शान राज्यको एउटा गुम्बामा कम्तिमा २८ जनाको ज्यान गएको छ।
म्यान्मार सेनाको आक्रमणबाट दक्षिणी शान राज्यको एउटा गुम्बामा कम्तिमा २८ जनाको ज्यान गएको विद्रोही समूहले जनाएको छ।
सेनाले शनिबार नान नेइन गाउँमा गोलाबारी गरेको कारेन्नी राष्ट्रियता रक्षा बल (केएनडीएफ)ले जनाएको छ। म्यानमारमा दुई वर्षअघि सेनाले कू गर्दै सत्ता कब्जा लिएपछि सेना र सशस्त्र प्रतिरोधी समूहहरूबीच हिंसात्मक झडप हुने गरेका छन्।
सेनाले नवनिर्वाचित नेत्री आङ सान सुचीसहितका नेताहरूलाई कब्जामा लिँदै देशमा कू गरेपछि राजधानी शहर नेपिडो र थाइल्यान्डको सीमाबीच रहेका यो क्षेत्रमा सबैभन्दा धेरै झडप हुने गरेका छन्।
शनिबार स्थानीय समयअनुसार अपराह्न ४ बजेतिर गोलाबारी गर्दै वायुसेना र तोपसहितका सेनाहरू गाउँमा प्रवेश गरेको र उनीहरूले गुम्बाभित्र लुकेर बसेका गाउँलेहरूलाई मारिदिएको केएनडीएफले जनाएको छ।
सैन्य सरकारविरुद्धको लडाइँमा सामेल भएका धेरै जातीय सेनाहरूमध्ये एक समूह केएनडीएफले जारी गरेको भिडियोमा बौद्ध भिक्षुहरूले लगाउने सुन्तला रङको लुगा लगाएका तीनसहित कम्तिमा २१ शवहरू गुम्बाको अगाडि थुप्रिएको देख्न सकिन्छ।
स्थानीय अखबार कान्तारावाड्डी टाइम्सले केएनडीएफका प्रवक्तालाई उद्धृत गर्दै लेखेको छ, "तिनीहरू(सैनिक)ले गुम्बाको अगाडि लाइन लगाएर भिक्षुहरूसहित सबैलाई निर्ममतापूर्वक गोली प्रहार गरे।”
विद्रोही समूहले नजिकैको अर्को सानो गाउँमा सात शव फेला पारेको बताएको बीबीसीले उल्लेख गरेको छ। केएनडीएफले सैनिकहरूले स्थानीयका केही घरमा आगो लगाइदिएको बताएको छ।
सो समूहका अनुसार गाउँलेहरूले यस क्षेत्रमा उच्च सम्मानित वर्गमा पर्ने भिक्षुहरूलाई शरण दिएका थिए। ती भिक्षुहरूले त्यहाँ आफूहरूको सुरक्षित हुने विश्वास लिएका थिए।
“घटनाहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न गाह्रो भए पनि म्यानमारको यस भागमा निहत्था नागरिकविरुद्धको आक्रमण प्राकृतिक जस्तो देखिँदैन, स्थानीयले सैन्य कूपछि कडा प्रतिरोध गरिरहेको देखिन्छ,” बीबीसीले उल्लेख गरेको छ।
केएनडीएफले बीबीसीलाई बताएअनुसार फेब्रुअरी २५ देखि नै नान नेइन क्षेत्र र यहाँ रहेका गुम्बाहरूमा सेनाले निगरानी बढाए थिए। त्यसपछि बेलाबेलामा स्थानी समूह र सेनाबीच दोहोरो झडप हुने गरेको थियो।
नान नेइन शान राज्यबाट कयाह राज्य प्रवेशको मुख्य मार्ग हो, जुन मार्ग आफूहरूविरुद्ध प्रतिरोध गरिरहेका विद्रोही समूहहरूलाई हतियार आपूर्तिका लागि महत्त्वपूर्ण छ भन्ने विश्वास सेनाको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
