युरोपेली अन्तरिक्ष एजेन्सीले २०२३ को फेब्रुअरी २६ मा पत्ता लगाएको यस क्षुद्रग्रहलाई २०२३ डीडब्लू नामकरण गरिएको छ।
सन् २०४६ को ‘भ्यालेन्टाइन्स डे’ का दिन एक विशाल क्षुद्रग्रह पृथ्वीमा ठोक्किने सम्भावना रहेको अन्तरिक्ष विज्ञहरूले आकलन गरेका छन्। करिब ३ दशक पछि अर्थात् २०४६ को ‘भ्यालेनटाइन्स डे’ मा पृथ्वीमा खस्ने अनुमान गरिएको सो क्षुद्रग्रह हाल वैज्ञानिकहरूको निगरानीमा रहेको द गार्डियनले उल्लेख गरेको छ।
युरोपेली अन्तरिक्ष एजेन्सीले २०२३ को फेब्रुअरी २६ मा पत्ता लगाएको यस क्षुद्रग्रहलाई २०२३ डीडब्लू नामकरण गरिएको छ। यो सन् २०४६ को भ्यालेनटाइन्स डेका दिन पृथ्वीमा ठोक्किने सम्भावना रहेको युरोपेली अन्तरिक्ष एजेन्सीको भनाइ छ। यो क्षुद्रग्रह ५० मिटर छलफलको अर्थात् एक ओलम्पिक स्विमिङ पुल जत्रो छ। यसलाई जोखिमपूर्ण क्षुद्रग्रहको सूचीमा राखिएको छ।
वैज्ञानिकहरूले ‘टोरिनो स्केल’का अनुसार यसलाई पहिलो नम्बरमा राखेका छन्। ‘टोरिनो स्केल’ सन् १९९९ मा विकसित एक विधि हो, जसले अन्तरिक्षका वस्तुहरू पृथ्वीमा ठोक्किने जोखिमको मूल्यांकन गरी सूचीकृत गर्ने गर्दछ।
यसको मतलब २०२३ डीडब्लू क्षुद्रग्रहबाहेक त्यसअघि कुनै पनि अन्तरिक्षका वस्तुहरूको जोखिम पृथ्वीलाई नभएको मान्न सकिने नासालाई उद्धृत गर्दै द गार्डियनले जनाएको छ। जोखिमका आधारमा अन्य १ हजार ४४८ क्षुद्रग्रहहरू सूचीमा छन् तर २०२३ डीडब्लू मात्रै जोखिम सूचीको अग्रश्रेणीमा रहेको छ। जसलाई जोखिमको शून्य श्रेणीभन्दा माथि राखिएको छ।
यद्यपि, यो पृथ्वीसँग ठोक्किने सम्भावना ज्यादै न्यून रहेको नासाको प्लानेटरी डिफेन्स कोअर्डिनेसन अफिसले जनाएको छ। यो पृथ्वीमा ठोकिने ४०० सयमा १ मात्रै सम्भावना रहेको इटलीका खगोल वैज्ञानिक पियरो सिकोलीको अनुमान छ। यो सम्भावना पनि चाँडै टर्ने भन्दै उनले ट्विट गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
