भियतनाम र नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अप्रिल ५ र ८ मा दुई खेल खेल्नेछन्। शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।
काठमाडौँ– सन् २०२४ मा आयोजना हुने पेरिस ओलम्पिक एशियाली छनोटअन्तर्गत महिला फुटबलबाट अफगानिस्तानले नाम फिर्ता लिएको छ। एशियाली फुटबल महासंघ ९एएफसी० ले अफगानिस्तान बाहिरिएको औपचारिक घोषणा गरेको हो।
समूह 'सी'मा अफगानिस्तान, नेपाल, प्यालेस्टाइन र भियतनाम थिए। छनोट खेल प्यालेस्टाइनमा खेल्ने तय भएको थियो। तर, प्यालेस्टाइनले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि छनोट खेल काठमाडौँमा आयोजना हुने तय भएको थियो। खेल आगामी अप्रिल ३ देखि ११ सम्म हुने बताइएको थियो।
दुई टोली प्यालेस्टाइन र अफगानिस्तानको अनुपस्थितिसँगै समूह 'सी'को ढाँचा पनि परिवर्तन भएको छ। जसअनुसार भियतनाम र नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अप्रिल ५ र ८ मा दुई खेल खेल्नेछन्। शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।
७ समूहका शीर्ष टोलीहरू दोस्रो चरणमा पुग्नेछन्। उनीहरूले सिधै छनोट भएका जापान, अस्ट्रेलिया, चीन, उत्तर कोरिया र दक्षिण कोरियासँग खेल्नेछन्।
समूह विजेता ३ टोलीसँगै उपविजेतामध्येका उत्कृष्ट एक गरी ४ टोलीले तेस्रो चरणमा स्थान बनाउने छन्। तेस्रो चरणका उत्कृष्ट दुई टोली पेरिस ओलम्पिकमा छनोट हुनेछन्।
भियतनाम फुटबल महासंघले ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ। उनीहरू शुक्रबारदेखि बन्द प्रशिक्षणमा हुने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
