ताप्लेजुङमा तीन हजार ७०० हेक्टरमा अलैँचीखेती गरिएको छ। लामो समयसम्म हिउँदे वर्षा नहुँदा अधिकांश अलैँची बगान सुक्न थालेका छन्।
ताप्लेजुङ– पर्याप्त वर्षा नहुँदा अलैँचीका बगान सुक्न थालेका छन्। ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।
सिरीजंघा गाउँपालिका–७ खेवाङका गंगाराम भट्टराईले यस वर्ष पाइप तथा कुलोबाट समेत सिँचाइ गर्न नसकिएको बताए। “पानी त पछिल्ला वर्षका निकै कम पर्न थालेको छ। तर यो वर्ष परेकै छैन,” उनले भने, “पाइप र कुलोबाट पनि सिँचाइ गर्न सकिएन। आकाशको पानीले बोट फस्टाउने र उत्पादन वृद्धि हुन्छ।”
फक्ताङलुङ गाउँपालिकाको तापेथोक बगरमा पनि अलैँची बगान सुख्खा देखिन्छन्। खोला तथा खोल्साको पानी लगाए पनि अलैँची खेतीलाई पर्याप्त नभएको त्यहाँका किसानको भनाइ छ। “बगानका बोटहरू धमाधम मर्न थाले,” कृषक दीपक लिम्बूले भने, “किसानलाई कतैबाट फाइदा छैन।”
लामो समय खडेरी परेकाले अलैँचीमा रोग कीराको समेत प्रकोप बढ्ने अलैँची व्यवसायी बालमणि बरालको भनाइ छ। सिँचाइको अभावमा कमजोर बनेका बोटलाई रोग कीराले सजिलै आक्रमण गर्ने र यसबाट क्षति पुग्ने उनले बताए।
ताप्लेजुङमा तीन हजार ७०० हेक्टरमा अलैँचीखेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ। केही दिनअघि वर्षा भए पनि अलैँचीका लागि पर्याप्त नभएको किसानले बताएका छन्।
लामो समयपछि फाट्टफुट्ट वर्षा भएर पुनः चर्को घाम लाग्दा अलैँचीलाई झन् असर हुने गरेको लिम्बूले बताए। खडेरीले बोट नै सुकेपछि उत्पादन पनि घट्ने भएकाले किसान चिन्तामा छन्। भनेजस्तो मूल्य नपाइरहेका बेला उत्पादनसमेत घटेमा समस्या हुने सिरीजंघाका किसान लक्ष्मण अधिकारीको भनाइ छ।
“पछिल्लो समय भनेजस्तो मूल्य छैन। अलैँची खेतीमा ठूलो लगानी छ। त्यसमाथि खडेरीले क्षति पुग्यो,” उनी भन्छन्, “उत्पादन घट्ला भन्ने छ। यसले अलैँचीमा निर्भर किसानलाई समस्या हुन्छ।”
हिमाली तथा पहाडी जिल्लाका किसानको मुख्य आयस्रोत अलैँची हो। यहाँका अधिकांश किसानले खेतबारी नै मासेर अलैँचीखेती गर्दै आएका छन्।
अलैँचीको मूल्य प्रतिमन (४० किलो) ३४ हजार रहेको अलैँची व्यवसायी संघले जनाएको छ। अलैँची झापाको बिर्तामोड हुँदै भारत निर्यात हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
