विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बद्री न्यौपानेलाई ९ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार जरिबाना निर्धारण गरेको छ भने टेकबहादुर गुरुङलाई १ करोड २१ लाख जरिबाना तोकेको छ।
काठमाडौँ– विशेष अदालतले भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडामा लगाउँदा भएको भ्रष्टाचारमा दोषी ठहर भएकाहरूको सजाय र जरिबाना निर्धारण गरेको छ। विशेष अदालतले बिहीबार सो मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने लगायतको कैद सजाय र जरिबाना निर्धारण गरेको हो।
अदालतले न्यौपानेलाई ९ वर्ष ६ महिना कैद तोकेको छ। उनीबाट २ करोड ४३ लाख ६८ हजार ८०३ जरिबाना र सोही रकम बराबर बिगो असुलउपर गर्नुपर्ने आदेश दिएको छ।
त्यस्तै, प्रमोद मेहता, रवीन्द्रकुमार यादवलाई ८ वर्ष ६ महिना र मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र हरि न्यौपानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ। कुञ्ज बिहारीप्रसाद चौधरीको मृत्यु भइसकेकाले बिगोबापतको रकम असुलउपर गर्न आदेश दिइएको छ। उनीहरूबाट २ करोड ४३ लाख ६८ हजार ८०३ जरिबाना र सोही रकम बराबर बिगो असुलउपर गर्नुपर्ने विशेषको आदेश छ।
त्यस्तै, अदालतले निलम्बित सांसद टेकबहादुर गुरुङलाई जरिबाना मात्र तोकेको छ। उनीबाट जरिबानाबापत एक करोड २१ लाख ८४ हजार र सोही रकम बराबर बिगो असुलउपर गर्न आदेश दिएको छ।
भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडामा लगाउँदा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेषले फागुन १६ गते उनीहरूलाई दोषी ठहर गरेको थियो। भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा समाज कल्याण परिषद्ले प्रचलित मापदण्ड र प्रक्रिया विपरीत गरेको पाइएको हो।
भाडामा लगाउँदा ३१ करोड भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा उनीहरूविरुद्ध अख्तियारले २०७५ माघ २१ गते मुद्दा दर्ता गरेको थियो। विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनीहरूलाई भ्रष्टाचारमा दोषी ठहर गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
