बुधबार राति भएको दोस्रो लेगमा घरेलु टोली बायर्नले पीएसजीलाई २–० ले पराजित गर्यो।
काठमाडौँ– पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बुधबार राति भएको दोस्रो लेगमा घरेलु टोली बायर्नले पीएसजीलाई २–० ले पराजित गर्यो। बायर्नसँग दुवै लेगमा पराजित हुँदै पीएसजी अन्तिम १६ बाटै बाहिरिएको छ।
पीएसजी समग्रमा ३–० ले पराजित भएको हो। एलिएन्ज एरिनामा भएको खेलमा घरेलु टोलीका लागि चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको थियो।
केलियन एमबाप्पे र लियोनल मेस्सीजस्ता स्टार खेलाडी भएको पीएसजीले गोल फर्काउन सकेन।
पीएसजी लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
