राष्ट्रपति निर्वाचनको मतगणना शुरू, बिहीबार नै परिणाम आउने

राष्ट्रपति निर्वाचनको मतगणना शुरू भएको छ। निर्वाचन आयोगले आजै (बिहीबार) बेलुका ७ बजेसम्ममा मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ।

काठमाडौँ– राष्ट्रपति निर्वाचनको मतगणना शुरू भएको छ। मतदान सकिएको करिब ४५ मिनेटपछि मतगणना शुरू भएको हो। 

नयाँ बानेश्वरस्थित संसद् भवन यतिबेला राष्ट्रपतिका लागि मतगणना भइरहेको छ। राष्ट्रपतिमा नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार छन्।

निर्वाचन आयोगले बिहीबार साँझ सभा ७ बजेभित्र नै मतगणना सकी नतिजा सार्वजनिक गर्ने बताएको छ। बिहान १० बजे शुरू भएको मतदान पौने ३ बजे सकिएको थियो।