नेसपा अध्यक्ष बाबुराम भट्टराईले सामान्य निहुँ बनाएर प्रधानमन्त्री दाहालमाथि मुद्दा हालिएको बताएका छन्। उनले डलरको खेती गर्नेहरूबाट देशलाई अस्थिर बनाइ राख्ने षड्यन्त्र भइरहेको तर्क गरेका छन्।
काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि अदालतमा मुद्दा हाल्ने काम मुलुकलाई फेरि द्वन्द्वमा पुर्याउने गम्भीर षड्यन्त्रअन्तर्गत भएको बताएका छन्। अध्यक्ष भट्टराईले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन्।
उनले सत्य निरूपण तथा मेलमिलाप आयोगले गर्ने कामलाई अदालती प्रक्रियामा लगी डलरको खेती गर्नेहरूले शान्ति प्रक्रियालाई गिजोलेर देशलाई द्वन्द्वतर्फ धकेल्न खोजेको बताए। उनले स्थितिलाई अस्थिर बनाइ राख्ने, बाह्य शक्तिको चलखेल बनाइ राख्ने गम्भीर षड्यन्त्र भइरहेको उल्लेख गरे।
“द्वन्द्वको खेती गर्ने, स्थितिलाई अस्थिर बनाई राख्ने, बाह्य शक्तिको चलखेल बनाई राख्ने जुन एउटा गम्भीर षडयन्त्र भएको छ। यसमा हामी सबै गम्भीर बन्नु पर्छ,” उनले भने, “…यो माओवादीको मात्रै विषय होइन। यो शान्ति सम्झौता भनेको त तत्कालीन सात दलसहितको राज्य र विद्रोही माओवादीको तर्फबाट भएको सम्झौताअनुसार भएको कुरा हो।”
अध्यक्ष भट्टराईले आफू प्रधानमन्त्री हुँदा शान्ति सम्झौतालाई पूर्णता दिन जारी गरिएको अध्यादेश पनि अदालतमा मुद्दा हालेर अघि बढ्न नदिएको स्मरण गरे। सामान्य निहुँ बनाएर प्रधानमन्त्री दाहालमाथि नै मुद्दा हाल्ने काम गरिएको भन्दै उनले आपत्ति जनाए। “एउटा सामान्य निहुँ बनाएर उहाँ (प्रधानमन्त्री दाहाल)लाई गिरफ्तार गरेर मुद्दा चलाउन सक्ने भन्ने ढंगको एउटा अदालती प्रक्रिया अघि बढेको छ। अब यो झट्ट हेर्दा सामान्य लाग्न सक्छ। तर यो अत्यन्त गम्भीर प्रकृतिको विषय छ,” उनले भने।
अध्यक्ष भट्टराईले अदालतलाई सम्मान गर्ने पटक पटक दोहोर्याउँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषय अदालतको नियमित प्रक्रियाको विषय नभएको तर्कसमेत गरे। उनले संविधान र शान्ति प्रक्रियाको रक्षा गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए। अझै महिलाको नाममा नागरिकता बनाउने सहज हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
