असोजबाट शुरू हुने १९औँ को तयारीका लागि नेपालले आगामी जुलाई १३ र जुलाई १६ मा बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण फुटबल खेल्दैछ।
काठमाडौँ– विभागीय टोली एपीएफ क्लबका महिला खेलाडी प्रशिक्षणमा फर्किएका छन्। यसअघि एपीएफले एशियाली खेलकुदको तयारीमा रहेका ११ खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले डाकेको प्रशिक्षणमा नपठाउने निर्णय गरेको थियो।
असोजबाट शुरू हुने १९औँ एशियन गेम्सको तयारीका लागि नेपालले आगामी जुलाई १३ र जुलाई १६ मा बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण फुटबल खेल्दैछ।
महिला टोलीको प्रशिक्षण गत आइतबारदेखि हुने भनिएको थियो। तर, गत जेठ २७ गते सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसनबाट जोगिएको थ्री स्टार क्लबले आफ्नो अन्तिम खेलमा जावलाखेलसँग खेल मिलेमतो गरेको तथा गैरकानूनी रूपमा दुई विदेशी खेलाडीलाई मैदान प्रवेश गराएको भन्दै एपीएफले एन्फामा उजुरी हालेको थियो।
एन्फाले उक्त उजुरीउपर कुनै पनि जवाफ नदिएपछि एपीएफले आफ्ना खेलाडीहरूलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा नपठाउने निर्णय गरेको थियो। जसका कारण पछिल्लो चार दिन महिला टोलीको प्रशिक्षण रद्द भएको थियो।
तर, बिहीबार दिउँसो खेलाडीहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपस्थित भएका थिए। मुख्य प्रशिक्षक अनन्तराज थापाका अनुसार बिहीबार सामान्य प्रशिक्षण गराइएको छ। उनले गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली छनोट गरिसकेका छन्। “आजबाट प्रशिक्षण शुरू गरेका छौँ। सबै खेलाडीको सहभागिता रहेको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
