डोटीमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

दुर्घटनामा जिप चालक केआईसिंह–१ डुम्राकोटका गोविन्द शाही र वडा नं २ जारीमभाडीका धनबहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको छ।

दिपायल– डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार राति भएको दुर्घटनामा जिप चालक केआईसिंह–१ डुम्राकोटका गोविन्द शाही र वडा नं २ जारीमभाडीका धनबहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा थप छ जना घाइते भएका छन्।

घाइतेमध्ये डुम्राकोटका तेज तिरुवा र राधा तिरुवाको अवस्था  गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए। त्यस्तै डुम्राकोटकै समीर तिरुवा, लक्ष्मी तिरुवा, मीन लुहार र वडा नं २ जारिमभाडीका सुरज तिरुवा सामान्य घाइते छन्।

जिपमा सवार यात्रु शुक्रबार मात्रै भारतबाट आएका थिए। दिपायलबाट केआईसिंहतर्फ जाँदै गर्दा जिप दुर्घटना भएको हो।