जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा बालुवाटार पुगेको टोलीले राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ फ्रन्टलाइनमा रहेको बताएका छन्।
राष्ट्रिय जनमोर्चाका नेताहरूसँग भएको भेटमा प्रधानमन्त्री दाहालले संघीयताबाहेक अन्य सबै मुद्दामा आफू जनमोर्चासँगै रहेको बताएका हुन्। शुक्रबार बिहान जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा बालुवाटार पुगेको टोलीले राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र बुझाएको छ।
केसी नेतृत्वको टोलीले पछिल्लो समय बागलुङको गलकोटमा महिलाहरूका गरगहना लुट्नका लागि चार जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। त्यस्तै अन्य जिल्लामा पनि गरगहना लुटपाटका घटना बढेको र महिलाहरू असुरक्षित भएको ज्ञापन पत्रमा उल्लेख छ। भेटमा प्रधानमन्त्री दाहालले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशनसमेत दिए।
प्रहरी महानिरीक्षक सिंहले तत्काल विशेष टोली खटाएर घटनाको अनुसन्धान र पीडितहरूले न्याय पाउने गरी काम गर्ने प्रतिबद्धता जनाए। प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराएका थिए। सो क्रममा जनमोर्चाका नेताहरूले राष्ट्रियताका पक्षमा प्रधानमन्त्रीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
