सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लगिएको छ।
काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ। उनलाई थप उपचारका लागि बिहीबार दिउँसो भारतको मुम्बईस्थित नेसनल बर्न अस्पताल लगिएको हो।
बुधबार ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका भण्डारीलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। उनको उपचार सम्भव नहुने भन्दै अस्पतालले देशबाहिर पठाउन आग्रह गरेको थियो।
उनलाई थप उपचारका लागि श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लगिएको हो।
आगलागीबाट दुवै हात खुट्टा र अनुहार गरी शरीरको करिब ३० प्रतिशत जलेको अस्पतालले जनाएको छ। धुवाँका कारण उनको श्वास नलीमा पनि समस्या देखिएको अस्पतालको भनाइ छ।
अस्पतालले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालमा उनको उपचार सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरेको थियो।
बुधबार राति बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
