द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दवाडीलाई कार्यकक्षमै गएर अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डेय नेतृत्वको टोलीले कुटपिट गरेको छ।
काठमाडौँ– ‘जनयुद्ध दिवस’को विरोध गरेको भन्दै गोरखामा क्याम्पस प्रमुखलाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेका छन्।
सरकारले सोमबार ‘जनयुद्ध दिवस’को बिदा दिएको थियो। तर, गोरखा नगरपालिका–९ स्थित द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दवाडीले त्यसको विरोध गर्दै फेसबुकमा स्टाटस राखेका थिए। मंगलबार बिहान क्याम्पस प्रमुख दवाडीको कार्यकक्षमै प्रवेश गरेर माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थीको समूहले कुटपिट गरेको हो।
“मैले ‘जनयुद्ध’ भन्ने दिवसलाई हामी मान्दैनौँ। त्यो शब्द असंवैधानिक हो। बृहत् शान्ति सम्झौता र संविधानले पनि सशस्त्र द्वन्द्व भनेको छ भनेर स्टाटस राखेको थिए,” उनले उकालोसँग भने, “त्यही विषयलाई लिएर आज बिहान ममाथि आक्रमण भयो।” उनका अनुसार अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डेय नेतृत्वमा आएको टोलीले आक्रमण गरेको हो। उनीहरूले दवाडीको कार्यकक्षमा रहेका कुर्सी र टेबुलसमेत तोडफोड गरेका छन्।
“बिहान साढे ८ बजे म आफ्नै कार्यकक्षमा थिएँ। एक्कासि आएर आक्रमण गरे,” उनले भने, “घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय र क्याम्पस सञ्चालक समितिलाई जानकारी गराइएको छ।” उनले आफू द्वन्द्वपीडित भएकाले ‘जनयुद्ध दिवस’लाई मान्यता नदिने बताए। दवाडीका बुबाको २०५८ पुस २ गते तत्कालीन विद्रोही पक्षबाट हत्या भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
