दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना छ।
काठमाडौँ– पश्चिमी वायुको प्रभावले प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा आंशिक बदली रहेको छ।
तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। बाँकी स्थानको मौसम सामान्यतया सफा रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना छ।
राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ। हिमाली र तराईका केही स्थानमा हिमपात र हुस्सुका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
