थ्रीस्टारले मेघराज केसीलाई भित्र्याएपछि उर्जन खाली थिए।
काठमाडौँ– ललितपुर कुपन्डोलको फ्रेन्ड्स क्लबले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। आसन्न शहीद स्मारक 'ए' डिभिजन लिगका लागि फ्रेन्ड्सले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।
गत सिजन सिंगल राउन्ड रोबिनमा भएको लिगमा फ्रेन्ड्स मुस्किलले रेलिगेसनबाट बाचेको थियो। फ्रेन्ड्सले १३ खेलमा दुई जित, पाँच बराबरी र छ हारसहित अंक तालिकाको १२औँ स्थानमा रहेको थियो। रेलिगेसनमा परेका बिग्रेड ब्वाइज र च्यासल युथले भने क्रमशः आठ र छ अंक जोडेका थिए।
फ्रेन्ड्सले गत वर्ष मृगेन्द्र मिश्रको प्रशिक्षणमा खेलेको थियो। यसपटक थ्रीस्टारले मेघराज केसीलाई भित्र्याएपछि उर्जन खाली थिए। उर्जनको प्रशिक्षणमा चार पटकको लिग विजेता थ्रीस्टार गत वर्ष छैटौँ स्थानमा खुम्चिएको थियो।
थ्रीस्टारले १३ खेलमा चार जित, सात बराबरी र दुई हार बेहोर्दै १९ अंक जोडेको थियो। डबल राउन्ड रोबिनका आधारमा हुने भनिएको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट शुरू हुने छ। प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लब भिड्ने छन्।
एन्फाले 'ए' डिभिजन लिग अन्तर्गत पाँचौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरिसकेको छ। लिगका खेलहरू दशरथ रंगशाला, च्यासल र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन्। लिगमा १८२ खेल हुने एन्फाले जनाएको छ। लिग विजेताले ७५, उपविजेताले ५० र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको 'मोस्ट भ्यालुएबल' खेलाडीले तीन, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले दुई लाख र ‘इमर्जिङ प्लेयर’ले एक लाख ५० हजार रुपैयाँ पाउने छन्।
'फेयर प्ले' अवार्ड विजेता टोलीले तीन लाख पाउने एन्फाले जनाएको छ। प्रत्येक खेलको विजेता क्लबले 'म्याच मनी'बापत ५० हजार र 'म्यान अफ द म्याच'ले १० हजार रुपैयाँ पाउने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
