झापाको शिवसताक्षी–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोक्किँदा ना३ख ८३११ नम्बरको ट्रकका चालक मदन चौधरी र सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ।
झापा– महेन्द्र राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ना३ख ८३११ नम्बरको ट्रकका चालक मदन चौधरी र सोही ट्रकका सहयोगी रहेको झापाका प्रहरी प्रवक्ता वसन्त पाठकले बताए। सहयोगीको नाम ठेगान खुलिनसकेको उनको भनाइ छ। शुक्रबार बिहान पश्चिमबाट पूर्व आउँदै गरेको ना६ख ८८९५ नम्बरको ट्रकलाई ना३ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको थियो।
ट्रकमा आगो लागेकाले केही समय राजमार्गसमेत अवरुद्ध भएको थियो। दमकल र जेसीबीको सहायतामा आगो निभाइएको पाठकले बताए। बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
