चितवन राष्ट्रिय निकुञ्जले हालसम्म एक हजार ७१२ गोही प्राकृतिक वासस्थानमा छाडिसकेको छ।
नवलपुर– चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही प्राकृतिक वासस्थानमा छाडिएको छ ।
विश्व सिमसार दिवसको अवसर पारेर निकुञ्जले दुई भाले घडियाल तथा १८ पोथी घडियाल राप्ती नदीमा छाडेको हो। प्राकृतिक वासस्थानमा छाडिएको घडियालमध्ये तीन वटा छ वर्ष उमेरका रहेका निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए। बाँकी १७ घडियाल गोही सात वर्ष उमेरका रहेको उनको भनाइ छ।
निकुञ्जले हालसम्म एक हजार ७१२ गोही प्राकृतिक वासस्थानमा छाडेको छ। “यो भन्दा पहिला राप्ती नदीमा ९७२, नारायणीमा ४१९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ११५, कर्णालीमा ४१ र बबई नदीमा ११० गोही हामीले छाडिसकेका छौँ,” निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भने। संकटापन्न अवस्थाका गोही प्राकृतिक वासस्थानमा छाडेपछि उनीहरूको अवस्थाबारे निकुञ्जले अनुगमन गर्ने गरेको छ। “घडियाल गोहीले लामो दूरी विचरण गर्ने गरेको हामीले पाएका छौँ,” उनले भने, “नारायणी तथा राप्तीमा छाडिएका घडियाल घुम्दैफिर्दै भारत हुँदै कोसीसम्म पुग्नसक्ने देखिन्छ।”
नदीबाट बग्दै जाँदा गण्डक ब्यारेज कटेर भारततर्फ पसेपछि नारायणी नदीमा घडियाल फर्किनसक्ने अवस्था नभएको उनले बताए। घडियाल गोही अहिले नेपाल र भारतमा मात्रै पाइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र न्यौपानेले बताए। प्राकृतिक वासस्थानमा गोहीले फूल पारेर बच्चा निकाल्न असुरक्षित हुने गरेपछि निकुञ्जले नदी किनारबाट गोहीका अण्डा टिपेर निकुञ्जको प्रजनन केन्द्रमा लगेर अण्डाबाट प्रजनन गराउने र बच्चा हुर्काउने गरेको छ।
यसरी हुर्किएका गोहीलाई छ वर्ष पुगेपछि प्राकृतिक वासस्थानमा लगेर छाड्ने गरिएको आचार्यले बताए। अरू सयभन्दा बढी घडियालका बच्चा प्राकृतिक वासस्थानमा छाड्ने तयारी भइरहेको निकुञ्जले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
