तराईका केही स्थानमा हुस्सु, दिउँसो देशभरको मौसम सफा रहने

बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। बिहान तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ। बुधबार देशैभर वर्षा र हिमपात हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो तराइको मौसम पनि सुधार भई देशभरकै मौसम सफा रहनेछ।

यस्तै राति पनि प्रदेश १, बागमती र गण्डकीका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने महाशाखाले जनाएको छ।