सोनाम ल्होछारका अवसरमा आइतबार नेपाल तामाङ घेदुङलगायत संस्थाले काठमाडौँको टुँडिखेलसहित देशभर विविध कार्यक्रम आयोजना गरेका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको बताएका छन्।
आइतबार ल्होछारका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति रहेको उल्लेख गरेका हुन्। “नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो। यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो”, उनले सन्देशमा भनेका छन्।
प्रधानमन्त्री दाहालले लोकतन्त्र प्राप्तिका लागि तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको प्रशंसासमेत गरेका छन्। नेपालमा बसोबास गर्ने सबै जातजातिको भिन्न भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको र त्यसको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति भएको प्रधानमन्त्री दाहालले उल्लेख गरेका छन्।
ल्होछारका अवसरमा आइतबार नेपाल तामाङ घेदुङलगायत संस्थाले काठमाडौँको टुँडिखेलसहित देशभर विविध कार्यक्रमको आयोजना गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
