पछिल्लो एक हप्तायता खुम्बुको तापक्रम घटेर माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ।
सोलुखुम्बु– अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ।
यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ। चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताइन्।
उनका अनुसार खुम्बुमा खानेतेल, घरभित्र भरेर राखेको पानीसमेत जमेर ढिक्काजस्तै हुन थालेको छ। खुम्बुका अधिकांश होटेल व्यवसायी जाडो छल्न जिल्ला बाहिर छन्। तर, गाउँमा बसेकालाई चिसोले समस्या भएको शेर्पाको भनाइ छ। चिसोकै कारण पालिकाभित्रका १७ मध्ये १४ विद्यालय बन्द गरिएको छ।
यसपटक हिउँ नपरेपछि चिसो नघटेको स्थानीय तोया श्रेष्ठले बताए। पछिल्लो एक हप्तायता तापक्रमसमेत माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
