यसपटक उनीहरू १४ जना आन्दोलनका लागि काठमाडौँ आएका छन्। काठमाडौँको चिसो र थकानले केही भने बिरामी पर्न थालेका छन्। तर निर्मला कुर्मीका 'हत्यारा'लाई कारबाही गराइछाड्ने दृढता छ।
काठमाडौँ- अधिकारकर्मी रुबी खानको समूहको दैनिकी अहिले फरक ढंगमा चलेको छ। बाँकेबाट आएका उनीहरू हरेक बिहान कलंकीबाट ब्यानर र पर्चा बोकेर करिब साढे पाँच किलोमिटर टाढाको माइतीघर मण्डल पैदल नै पुग्छन्। दिनभरि शान्तिपूर्ण विरोध प्रदर्शन गर्छन्। बेलुका ६ बजे फेरि कलंकी फर्किन्छन्। यसरी आन्दोलन थालेको यसपटक १९ दिन पुगिसकेको छ।
बाँकेकी निर्मला कुर्मीको न्यायका निम्ति उनीहरू विगत दुई वर्षदेखि संघर्ष गर्दै आएका छन्। यसपटक तेस्रोपटक उनीहरू काठमाडौँ आएका हुन्। यसअघि सरकारसँग गरेको सहमति कार्यान्वयन नभएपछि आफूहरू फेरि काठमाडौँ आएको खान बताउँछिन्।

बाँकेको परस्पुरकी निर्मला कुर्मीको २०७६ चैतमा हत्या भएको अधिकारकर्मीहरूको दाबी छ। उनको हत्यामा कांग्रेस प्रदेश सांसद बादशाह कुर्मी संलग्न भएको आरोप छ। तर, उनको शव नै बेपत्ता पारिएको खान बताउँछिन्।
निर्मलाका पति महालु कुर्मीको २०६२ सालमा मृत्यु भएको थियो। उनका दुई छोराको पनि २०६६ सालमा १० दिनको फरकमा रहस्यमय मृत्यु भएको थियो। दुवै जनाको पोष्टमार्टम गर्न बादशाह कुर्मीले नदिएको खान बताउँछिन्। त्यसपछि जालसाजी गरेर उनको जग्गा पनि अर्कैको नाममा दर्ता भएको अधिकारकर्मीको भनाइ छ।
निर्मलाको न्यायका लागि भन्दै खानको समूह २०७८ असोज १ गते नेपालगन्जदेखि काठमाडौँसम्म पैदल आएका थिए। सरकारले २०७८ कात्तिक ३ गते छानबिन समिति गठन गरेर समितिको प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन दिएको थियो।

तर न त छानबिनको प्रतिवेदन सार्वजनिक भयो न त कार्यान्वयन। त्यसपछि उनीहरू २०७८ पुसमा पुन: काठमाडौँ आएर ४३ दिनसम्म संघर्ष गरेका थिए।
यसपटक उनीहरू १४ जना आन्दोलनका लागि काठमाडौँ आएका छन्। काठमाडौँको चिसो र थकानले केही भने बिरामी पर्न थालेका छन्। शहीदा दर्जीलाई ज्वरो आएको छ। चिसोका कारण अन्य केहीलाई पनि समस्या हुन थालेको उनीहरूले जानकारी दिए।

उनीहरू बाँकेका चिनजानका व्यक्तिले चलाएको होटलमा उधारोमा बसिरहेका छन्। दिनभरि माइतीघर मण्डलमा धर्ना बसेपछि उनीहरू साँझ आन्दोलनको समीक्षा गर्छन्। आन्दोलन कति लम्बिने हो उनीहरूलाई पनि थाहा छैन।
तर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छानबिन गरेर दोषीलाई कार्बाही गर्ने आश्वासन दिएकाले आशावादी रहेको खानले बताइन्। यसअघि भने दुईपटकसम्म सरकारले छानबिन र कार्बाही गर्ने सहमति गरेर पनि बेवास्ता गरेपछि फेरि काठमाडौँ आउनु परेको खानले बताइन्।
उकालोले शनिबारदेखि आइतबारसम्म २४ घन्टा उनीहरूको काठमाडौँ बसाइ र आन्दोलनलाई पछ्याएको छ।






Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
किसन पाण्डे
