चिसोले खेतमा लगाएको हिउँदे बाली, दलहन, तेलहन र तरकारी कुहिन थालेको जलेश्वरका स्थानीय किसान राजेश सदाले बताए।
महोत्तरी– शीतलहरले महोत्तरीको जनजीवन दुई सातादेखि प्रभावित बनेको छ।
सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन्। बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको जिल्लास्थित स्वास्थ्य संस्थाले जनाएका छन्।
खेतमा लगाएको हिउँदे बाली, दलहन, तेलहन र तरकारी खेती चिसोका कारण कुहिन थालेको किसानले बताएका छन्। जाडो दिनानुदिन बढ्दै गएकाले कामकाज गर्न नपाएको स्थानीय राजेश सदाले बताए। यातायातका साधन फाट्टफुट्ट मात्रै चल्न थालेका छन्।
बजारमा बाक्लो ऊनी कपडाको बिक्री भने ह्वात्तै बढेको छ। चिसोकै कारण हाट बजारमा किनमेल गर्न आउनेको सङ्ख्या घटेको छ। १० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका गाउँ बस्तीमा स्थानीयहरू जाडोबाट बच्नका लागि ठाउँठाउँमा गोबर, गुइँठा र खर पातको घुर बनाएर न्यानो प्राप्त गरिरहेका छन्।
जाडोबाट जोगाउन पालिकाहरूले गाउँ बस्तीमा सर्वसाधारणलाई ताप्नका लागि दाउराको व्यवस्था गरेका छन्। जलेश्वरस्थित नेपाली सेनाको रणभीम गणले गरिब दलित बस्तीमा दाउरा बाल्ने, तातो पानी र चिया बाँड्ने गरेको छ। चिसोकै कारण जिल्लाभर ३२३ विद्यालयको पठनपाठन पनि बन्द गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
