विश्वकप लिग २ : नेपाल र नामिबिया भिड्दै

आईसीसी विश्वकप लिग २ अन्तर्गत् त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेकाे नेपाली क्रिकेट टाेलीले बुधबार तेस्राे खेल खेल्दैछ।

काठमाडाैँ– आईसीसी विश्वकप लिग २ अन्तर्गत् त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेकाे नेपाली क्रिकेट टाेलीले बुधबार तेस्राे खेल खेल्दैछ।

नेपाल र घरेलु टोलीबीचकाे खेल युनाईटेड क्रिकेट मैदानमा दिउँसो पौने दुई बजे शुरू हुनेछ। यो एकदिवशीय सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्ड छन्।

यसअघि नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन भएकाे थियाे। उक्त खेलमा दुवै टाेलीले अंक बाँकेका थिए। अर्को खेलमा नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको थियो।

७ टोली सहभागी लिग २ मा नेपाल २२ खेलमा १८ अंकसहित छैठौं स्थानमा छ। नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा छ। नेपालले सिरिजको अन्तिम खेल भोलि स्कटल्यान्डसँग खेल्नेछ।