बियरहोफले रसिया र कतार विश्वकपमा जर्मन पुरुष राष्ट्रिय टोलीको प्रदर्शन सन्तोषजनक नरहेको स्वीकार गर्दै समर्थकसँग माफीसमेत मागेका छन्।
काठमाडौँ– कतार विश्वकप २०२२ मा टोलीले गरेको खराब प्रदर्शनको जिम्मेवारी लिँदै जर्मनी फुटबल टोलीका निर्देशक ओलिभर बियरहोफले राजीनामा दिएका छन्। जर्मनी फुटबल संघ (डीएफबी)का अनुसार पारस्परिक सहमतिपछि उनले १८ वर्ष लामो यात्रा अन्त्य गर्ने निर्णय गरेका हुन्।
“म नयाँ दिशाको लागि बाटो खाली गर्दैछु”, बियरहोफको भनाइलाई उद्धृत गर्दै संघले भनेको छ। चार पटकको विश्वविजेता जर्मनी कतार विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि देशको फुटबल व्यवस्थापनको चर्को आलोचना भइरहेको छ। कतार विश्वकपअन्तर्गत समूह ‘ई’ मा रहेको जर्मनीले तीन खेलमध्ये एउटा मात्रै जितेको थियो।
जापानसँग २-१ गोलले पराजित भएको जर्मनी स्पेनसँग १-१ गोलको बराबरीमा रोकिएको थियो। यस्तै, अन्तिम खेलमा कोस्टारिकामाथि ४-२ गोलको अन्तरले विजयी भएको थियो। ५४ वर्षीय बियरहोफले रसिया र कतार विश्वकपमा जर्मन पुरुष राष्ट्रिय टोलीको प्रदर्शन सन्तोषजनक नरहेको स्वीकार गर्दै समर्थकसँग माफीसमेत मागेका छन्।
“विगत चार वर्षमा हामीले पहिलेका सफलतालाई दोहोर्याउँदै समर्थकलाई फेरि खुसी दिन सकेनौँ”, उनले भनेका छन्, “केही निर्णयहरूमा हामी विश्वस्त थियौँ तर ती सही साबित हुन सकेनन्। मभन्दा बढी कसैले पछुताउनु पर्दैन। म यसको जिम्मेवारी लिन्छु।”
बियरहोफ जर्मनी राष्ट्रिय टोलीका पूर्व फरवार्डसमेत हुन्। उनी सन् १९९६ मा इङ्गल्यान्डमा आयोजित युरो कप जित्ने टोलीमा थिए। उनले फाइनलमा दुई गोलसमेत गरेका थिए। यस्तै, सन् २००२ मा दक्षिण कोरिया र जापानमा संयुक्त रूपमा आयोजना भएको विश्वकपको फाइनलमा पुगेको जर्मनीको टोलीका समेत उनी महत्त्वपूर्ण सदस्य थिए। उक्त खेलको फाइनलमा ब्राजिलसँग जर्मनी २-० गोलले पराजित भएको थियो।
सन् १९९६ देखि २००२ सम्म जर्मनीको सिनियर राष्ट्रिय टोलीबाट खेलेका उनले ७० खेलमा ३७ गोल गरेका थिए। त्योभन्दा अगाडि उनले पश्चिम जर्मनीको यू-२१ टोलीबाट खेलेका थिए। उनले उक्त टोलीबाट १० खेलमा ७ गोल गरेका थिए।
सन् २००४ देखि उनले जर्मन पुरुष राष्ट्रिय टोलीको निर्देशकको रूपमा काम गर्न थालेका थिए। उनी संघमा रहँदा जर्मनीले सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै चौथो पटक उपाधि जितेको थियो। त्यस्तै, सन् २०१६ को युरो कपमा जर्मनी सेमिफाइनलमा पुगेको थियो। त्यसयता अन्तर्राष्ट्रिय प्रतियोगितामा जर्मनीको प्रदर्शन खस्किँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
