सन् २००३ यता ३९ वर्षीय रोनाल्डो र ३७ वर्षीय मेस्सी दुवै सूचीमा नपरेको पहिलो पटक हो।
काठमाडौँ– यस वर्षको बालोन डी’ओर २०२४ को मनोनयनमा अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनल मेस्सी पर्न सकेनन्। यस्तै, पोर्चुगल र अल नासरका भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि ३० जनाको प्रारम्भिक मनोनयनमा अटाएका छैनन्।
सन् २००३ यता पहिलो पटक ३९ वर्षीय रोनाल्डो वा ३७ वर्षीय मेस्सी दुवै सूचीमा नपरेका हुन्। गत वर्षको बालोन डी’ओर विजेता मेस्सीले आठ पटक यो अवार्ड जितिसकेका छन्। रोनाल्डोले पाँच पटक अवार्ड जितेका छन्।
बीबीसीका अनुसार ३० जनाको प्रारम्भिक सूचीमा इंग्ल्यान्डका मात्रै ६ खेलाडी छन्। कप्तान ह्यारी केन, मिडफिल्डर जुड बेलिंघम, फिल फोडन, डेक्लन राइस, बुकायो शाका र कोल पाल्मर प्रतिष्ठित पुरस्कारको दौडमा छन्।
स्पेन तथा बार्सिलोनाका विंगर १७ वर्षीय ल्यामिन यमलसमेत बालोन डी’ओरको सूचीमा परेका छन्। यस्तै, म्यानचेस्टर सिटी र आर्सनलका संयुक्त आठ खेलाडी मनोनयनमा परेका छन्।
फिफाको विश्व वरियतामा शीर्ष १०० देशका पत्रकारको निर्णायक मण्डलले यो अवार्डका लागि मतदान गर्छ। अक्टोबर २८ मा पेरिसमा हुने एक समारोहमा विजेताको घोषणा गरिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
